जो पुरुषमा आफ्नो सारिरिक सुगठनको नशा चढेको हुन्छ त्यस्ता पुरुषहरुमा महिलाहरुप्रतिको आशक्ति बढि हुने पछिल्लो अध्ययनले देखाएको छ । तर बडी निर्माण गरेका पुरुषहरुले महिलाप्रति दमनकारी रवैया अपनाउने गरेका कारण त्यस्ता पुरुषप्रति महिलाको धारणा नकारात्मक रहने गरेको अध्ययनको निष्कर्ष छ ।

बेलायतको वेस्टमिनिस्टर विश्वविद्यालयका प्राध्यापक डाक्टर विरेन स्वामीको अगुवाइमा भएको उक्त अध्ययनले महिलाहरुको अगाडि कामुक देखिन चाहने भूत सवार भएर बडि बिल्डिङमा लागेका पुरुषहरुको छवि महिलाहरुको दृष्टिकोणमा नकारात्मक बन्दछ जसले त्यस्ता पुरुषको कार्यस्थलको काममा समेत असर पुग्छ ।

कार्यालयमा महिला हाकिम भएका पुरुषहरु अझ बढि जिमखाना गएर सरीर गठिलो पार्ने गरेका र महिला हाकिमको पदको शक्तिलाई आफ्नो गठिलो सरीरको शक्तिले चुनौति दिने भाव प्रस्तुत गर्दै आत्मसन्तुष्टि लिने गरेका अध्ययनकर्ताहरु बताउँछन् ।